
जापान । जापानमा मंगलबार ५४ हजार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ यात्रु सहित हालसम्म कोरोना संक्रमितको संख्या ५४ लाख ९४ हजार ४ सय ६८ जना पुगेको छ ।
त्यस्तै २ सय ५६ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या २५ हजार ३ सय ३१ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ । संक्रमितमध्ये १ हजार ३ सय ४८ जनाको अवस्था गम्भीर रहेको छ भने ६ लाख ११ हजार ३ सय ३० जनाको उपचार भइरहेको छ ।
त्यसैगरी ४७ लाख ८५ हजार ३ सय सात जना कोरोना संक्रमणमुक्त भएका छन् ।
१ हजार बढी संक्रमित थपिएका प्रान्तहरू
४७ प्रान्तमध्ये ११ प्रान्त हजार भन्दा बढी थपिए भने तोत्तोरी बाहेक सबै प्रान्तमा १ सयभन्दा बढी संक्रमित भए ।
सबैभन्दा बढी टोकियोमा ८ हजार ९ सय २५, ओसाकामा ६ हजार ५ सय नौ, खानागावामा ४ हजार ६ सय ४८, आइचीमा ४ हजार ३ सय ४२, ह्योगोमा ३ हजार १ सय २६, चिबामा २ हजार ९ सय ३५, साईतामामा २ हजार ४ सय ५१, फुकुओकामा २ हजार ३ सय पाँच, होक्काईदोमा १ हजार ३ सय २९, सिजुओकामा १ हजार ३ सय २७, ईबाराकीमा १ हजार ४ सय ४७ जना संक्रमित थपिए ।