जापानमा थप ५१ हजार संक्रमित, ९० जनाको मृत्यु

-


     सन थापा     
     फागुन २९ गते २०७८ मा प्रकाशित


जापान । जापानमा शनिबार ५० हजार ९ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ यात्रु सहित हालसम्म कोरोना संक्रमितको संख्या ५७ लाख ८१ हजार ४ सय ४० जना पुगेको छ ।

त्यस्तै ९० जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या २६ हजार १ सय ७४ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।

संक्रमितमध्ये १ हजार १ सय ७५ जनाको अवस्था गम्भीर रहेको छ भने ५ लाख ७० हजार १ सय २९ जनाको उपचार भइरहेको छ । त्यसैगरी ५१ लाख ८ हजार ४ सय ६५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

१ हजार बढी संक्रमित थपिएका प्रान्तहरू

४७ प्रान्तमध्ये १२ प्रान्त हजार भन्दा बढी थपिए भने सिमाने र तोत्तोरी बाहेक सबै प्रान्तमा १ सयभन्दा बढी संक्रमित भए ।

सबैभन्दा बढी टोकियोमा ८ हजार १ सय ३१, खानागावामा ६ हजार १ सय चार, ओसाकामा ४ हजार ८ सय ९७, साईतामामा ४ हजार १ सय २८, चिबामा ३ हजार १ सय छ, आइचीमा २ हजार ५ सय ४७, ह्योगोमा २ हजार ४ सय ८९, फुकुओकामा २ हजार १ सय ३०, ईबाराकीमा १ हजार ५ सय ५३, होक्काईदोमा १ हजार ४ सय ४१, क्योतोमा १ हजार १ सय ३१ र सिजुओकामा १ हजार १५ जना संक्रमित थपिए ।

बिहीबार ७५ हजार ९ सय २५ जनाको पिसीआर परीक्षण गरिएको थियो ।