
पोखरा । हाल बङ्गलादेशको तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशभर मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू–भागको एक वा दुई स्थानमा मेघ गर्जन÷चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
यस्तै मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राती देशभर मौसम सामान्यतया सफा रहने छ।
मङ्गलवार भने देशका पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ। यता बुधवार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ।