जापानमा ५० हजार बढीमा संक्रमण पुष्टि, १८८ जनाको मृत्यु

-


     सन थापा     
     चैत्र १ गते २०७८ मा प्रकाशित


जापान । जापानमा मंगलबार ५० हजार ७ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ यात्रु सहित हालसम्म कोरोना संक्रमितको संख्या ५८ लाख ६४ हजार ६ सय ५५ जना पुगेको छ ।

त्यस्तै १ सय ८८ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या २६ हजार ४ सय ७८ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।

संक्रमितमध्ये १ हजार १ सय ७० जनाको अवस्था गम्भीर रहेको छ भने ५ लाख ४२ हजार २ सय ७२ जनाको उपचार भइरहेको छ । त्यसैगरी ५२ लाख १६ हजार २ सय १८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

१ हजार बढी संक्रमित थपिएका प्रान्तहरू

४७ प्रान्तमध्ये १० प्रान्त हजार भन्दा बढी थपिए भने तोत्तोरी बाहेक सबै प्रान्तमा १ सयभन्दा बढी संक्रमित भए ।

सबैभन्दा बढी टोकियोमा ७ हजार ८ सय ३६, खानागावामा ६ हजार ५ सय ७३, ओसाकामा ५ हजार ९ सय ८०, आइचीमा ३ हजार ५ सय १६, चिबामा २ हजार ७ सय १०, ह्योगोमा २ हजार ४ सय, साईतामामा २ हजार ३ सय ५०, फुकुओकामा १ हजार ९ सय २७, सिजुओकामा १ हजार २ सय ३९ र होक्काईदोमा १ हजार १ सय ९६ जना संक्रमित थपिए ।