
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्का दुवै सदनको अधिवेशन अन्त्य गरेकी छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले मंगलबार राति १२ बजेदेखि लागु हुनेगरी प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरेकी हुन् ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।
यसैबीच, संघीय संसद्को सचिवालयले पनि सूचना जारी गरी राष्ट्रपति कार्यालयबाट संसद् अधिवेशन अन्त्य गरिएको जानकारी आएको बताएको छ ।