धानुक, पन्त र सिंहको नाम एआईजीमा सिफारिस

-


     मर्दी न्युज    
     चैत्र १ गते २०७८ मा प्रकाशित


काठमाडौं । नेपाल प्रहरीका तीनजना डीआईजीहरु एआईजी बढुवामा सिफारिस भएका छन् ।

गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले डीआईजीहरु रविन्द्र धानुक, वसन्तकुमार पन्त र धिरजप्रताप सिंहलाई एआईजीमा बढुवा गर्न सरकारलाई सिफारिस गरेको हो ।

सोही सिफारिसका आधारमा मन्त्रिपरिषद्को बैठकले एआईजी बढुवा गर्नेछ । यसअघि सरकारले नेपाल प्रहरीमा तीन एआईजीको दरबन्दी थपेको थियो । हाल नेपाल प्रहरीमा जनपदतर्फ पाँच एआईजी छन् ।

यससँगै अव धानुक र सिंह पनि एआईजी विश्वराज पोखरेल र सहकुल थापासँगै आइजिपीको दौडमा मिसिएका छन् ।

पन्त भने हालका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीकै ब्याची हुन् र उनीसँगै अवकाश पाउने भएकोले उनलाई सम्मानका लागि मात्रै बढुवा गरिएको हो ।