खुल्यो म्यादी प्रहरीका लागि भर्ना

-


     मर्दी न्युज    
     चैत्र १ गते २०७८ मा प्रकाशित


काठमाडौँ । आसन्न स्थानीय निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुलेको छ ।

प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै भर्ना खुलाएको हो ।

आवेदन चैत ६ गतेदेखि ११ गतेसम्म दिन सकिने छ । म्यादी प्रहरीले प्रहरी जवानको सेवा सुविधा बराबर ४० दिनको तलब पाउने छन् ।

देशभरका ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट म्यादी प्रहरीका लागि आवेदन दिन सकिने छ । १८ वर्ष पुरा भई ५४ वर्ष ननाघेकाले म्यादी प्रहरीमा आवेदन दिन सक्नेछन् ।

चैत १५ गतेदेखि छनोट प्रारम्भ हुने छ । चैत २२ गतेसम्म छनोट सम्पन्न गर्ने र चैत २८ गतेदेखि प्रशिक्षण सुरु गर्ने प्रहरी प्रधान कार्यालयको तयारी छ ।