
पोखरा । पर्यटन मजदुर तथा श्रमजीवीहरुको हकहित र अधिकारको खातिर स्थापित अखिल नेपाल पर्यटन मजदुर संघको ऎतिहासिक चौथो राष्ट्रिय सम्मेलन आज चैत्र ५ गते सम्पन्न भएको छ।
अखिल नेपाल ट्रेड युनियन महासंघको भवन, पोखरा-९ शान्तिबनमा भएको कार्यक्रमको उद्घाटन-सत्रका प्रमुख अतिथि बागमती प्रदेशका सभासद तथा अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष माननीय जगत बहादुर सिंखडाले बर्गिय मुक्ति, विभिन्न खाले बिभेद र पर्यटन क्षेत्रका बेथितिहरुका विरुद्ध अग्रमोर्चामा रहेर लड्ने उदघोष गर्नुभयो।

अखिल नेपाल पर्यटन मजदुर संघका अध्यक्ष रामचन्द्र ढुंगाना को सभापतित्वमा औपचारिक कार्यक्रमको संचालन केन्द्रिय उपमहासचिव प्रकाश ढुंगानाले र स्वागत मन्तव्य वरिष्ठ केन्द्रिय उपाध्यक्ष धन बहादुर तामाङले राखेका थिए।
२१औ सताब्दीको पर्यटन मजदुर, सक्षम र आत्मनिर्भरतामा मजबुत भन्ने मुल नाराका साथ सम्पन्न सम्मेलनले आगामी तीन बर्षको लागि नेतृत्व चयन गरेको छ।
जस अनुसार अध्यक्षमा धन बहादुर तामाङ, गोपाल लिम्बु-वरिष्ठ उपाध्यक्ष, प्रकाश ढुङ्गाना-उपाध्यक्ष, जे.वी राई-उपाध्यक्ष, चित्रा त्रिपाठी-महिला उपाध्यक्ष, सन्तोष ढकाल-महासचिव, हरि व. गुरुङ्ग उप-महासचिव, बिष्णु प्र. देवकोटा उप-महासचिव, लक्ष्मण गुरुङ सचिव, दिपक भुजेल सचिव, इन्द्र बहादुर बराम-कोषाध्यक्षमा निर्वाचित भएका छन्।

त्यसैगरी सदस्यहरुमा रोशन ढकाल, नितेश पुडासैनी, निमालाक्पा शेर्पा, राम गुरुङ, शिशिर पौडेल, जय व. तामाङ, बिष्णु राई, कुशल राई, छविलाल खनाल, लिलाधर आचार्य, पासाङ शेर्पा, के वी तामाङ, केवी लामा, कृष्ण प्रसाद पौडेल, मान बहादुर गुरुङ, हरिमाया नेपाली, अमृत प्रसाद भट्टराई दिलिप आचार्य निर्वाचित भएका छन्।
नवनिर्वाचित कमिटीले सल्लाहकारहरुको चयन समेत चुनिएका छन्। सल्लाहकार हरुमा श्री प्रसाद घले, दुर्गा वस्नेत, बिश्व हाङ राई, राम सिंह गुरुङ रहेका छन्।