जापानमा ४४ हजार बढीमा संक्रमण पुष्टि, १०४ जनाको मृत्यु

-


     सन थापा     
     ५ चैत्र २०७८ मा प्रकाशित


जापान । जापानमा शनिबार ४४ हजार ७ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ यात्रु सहित हालसम्म कोरोना संक्रमितको संख्या ६० लाख ६९ हजार ९ सय ९४ जना पुगेको छ ।

त्यस्तै १ सय ८८ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या २७ हजार ७२ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।

संक्रमितमध्ये ९ सय ९३ जनाको अवस्था गम्भीर रहेको छ भने ५ लाख १५ हजार ४ सय ५९ जनाको उपचार भइरहेको छ । त्यसैगरी ५४ लाख ६ हजार ९ सय आठजना कोरोना संक्रमणमुक्त भएका छन् ।

१ हजार बढी संक्रमित थपिएका प्रान्तहरू

४७ प्रान्तमध्ये १० प्रान्त हजार भन्दा बढी थपिए भने तोत्तोरी र सिमाने बाहेक सबै प्रान्तमा १ सयभन्दा बढी संक्रमित भए ।

सबैभन्दा बढी टोकियोमा ७ हजार ४ सय ४४, खानागावामा ४ हजार २ सय ७१, ओसाकामा ३ हजार ६ सय ३९, साईतामामा ३ हजार ४ सय एक, आइचीमा २ हजार ४ सय आठ, चिबामा २ हजार ६ सय २३, फुकुओकामा १ हजार ९ सय ७०, ह्योगोमा १ हजार ९ सय १७, होक्काईदोमा १ हजार ५ सय ७० र ईबाराकीमा १ हजार ६ सय २१ जना संक्रमित थपिए ।

बिहीबार ७५ हजार ६ सय नौजनाको पिसीआर परीक्षण गरिएको थियो ।