
कर्णाली । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले सरकारबाट बाहिरिए पनि जनताको मनमै रहेको बताएका छन् ।
एमाले कर्णाली प्रदेश कमिटीद्वारा आज सुर्खेतमा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमाले जनतासँगै रहेकाले आगामी निर्वाचनमा पहिलो भएर सरकारमा पुग्ने बताए ।
‘एमाले सरकारबाट मात्रै बाहिरिएको हो, जनताको मनबाट बाहिरिएको छैन’, पोखरेलले भने, ‘आम जनताको मन–मनमा एमाले छ । आगामी निर्वाचनमा अझै शक्तिशाली भएर आउनेछौँ ।’
एमाले कर्णाली प्रदेश इन्चार्ज एवं स्थायी कमिटी सदस्य यामलाल कँडेलले धेरै दलबाट मुलुकले स्थायित्व नपाउने भन्दै दुई दलीय व्यवस्था आवश्यक रहेको जिकिर गरे ।