युएईले नेपाललाई दियो २०३ रनको लक्ष्य

-


     मर्दी न्युज    
     चैत्र ७ गते २०७८ मा प्रकाशित


काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा घरेलु टोली युएईले नेपाललाई जीतका लागि २०३ लक्ष्य दिएको छ ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २०२ रनको योगफल बनाएको हो ।

युएईका लागि रोहन मेस्ताफाले सर्वाधिक ६० रन बनाए । ओपनर मोहम्मद वासिमले ३३, चिराग सुरीले २६, वित्य अरवृन्दले २४, अलिसान सर्फुले २१ र बसेल हमिदले १७ रन जोडे ।

बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछानेले तीन विकेट लिए भने सोमपाल कामी र करण केसीले दुई–दुई विकेट झारे । त्यस्तै दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले एक–एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।