
एजेन्सी । रुसी सेनाले युक्रेनको राजधानी किभस्थित एउटा सपिङ मलमा रुसी सेनाले क्षेप्यास्त्र प्रहार गर्दा कम्तीमा ८ जनाको मृत्यु भएको छ । विस्फोटमा केही घाइते भएका छन् ।
रेट्रोभाइल सपिङ मलमा रुसी सेनाले विस्फोट गराएका हुन् । विस्फोटपछि सपिङ मल वरपर राखिएका सवारी साधनहरुमासमेत क्षति भएको थियो । विस्फोटपछि १० तले सो भवनमा आगो लागेको थियो ।
आगो निभाउन ६३ अग्नि नियन्त्रकहरू परिचालन गरिएको प्राप्त विवरणहरूमा जनाइएको छ ।
पछिल्लो समयमा रुसी सेनाले आवासीय भवन र सैनिक अखडाहरूलाई निशाना बनाएको छ । रुसी हमलामा अहिलेसम्म १ करोड युक्रेनीले घर छाडेका राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकाय यूएनएचसीआरले जनाएको छ ।
२४ फेब्रुअरीदेखि सुरु भएको रुसी हमलामा लाखौँ युक्रेनीले विभिन्न देशमा शरण लिएका छन् ।