पूर्वमन्त्री सिंह र कलाकार मानन्धर एमालेमा प्रवेश

-


     मर्दी न्युज    
     चैत्र ८ गते २०७८ मा प्रकाशित


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रेमबहादुर सिंह, लोकप्रिय कलाकार करिश्मा मानन्धरलगायतलाई पार्टी प्रवेश गराएको छ ।

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी, अभिनेत्री करिश्मा मानन्धर लगायतलाई पार्टीमा प्रवेश गराउँदै ओलीले एमाले आउनेहरूले पछुताउनु नपर्ने बताएका छन ।

‘देशको सीमा, सार्वभौमसत्ताको सुरक्षा हुन्छ भने स्वाधीनता, स्वतन्त्रता, लोकतन्त्र सुरक्षित हुन्छ भने व्यक्तिगत हितहरू असुरक्षित हुन्छन् भन्ने हुँदैन । र कसैले पनि एमालेमा किन प्रवेश गरेँ भन्नुपर्दैन’ उनले भने ।

उनले आउँदो चुनावमा एमालेले बहुमत ल्याउने दाबी गरे ।

अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शङ्कर पोखरेलले उनीहरुलाई स्वागत गरेका थिए । सोही अवसरमा पर्सा जिल्लाको माओवादी केन्द्रका बाबुराम कौसिक र जनता समाजवादीका कार्यकर्ता पनि सोही पार्टीमा प्रवेश गराएका थिए ।