
जापान । जापानमा बिहीबार ४९ हजार ९ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ यात्रु सहित हालसम्म कोरोना संक्रमितको संख्या ६२ लाख ४८ हजार २ सय ११ जना पुगेको छ ।
त्यस्तै १ सय १० जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या २७ हजार ४ सय ९९ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
संक्रमितमध्ये ८ सय ९१ जनाको अवस्था गम्भीर रहेको छ भने ४ लाख २० हजार ५ सय २१ जनाको उपचार भइरहेको छ । त्यसैगरी ५७ लाख २८ हजार ६ सय ८३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
१ हजार बढी संक्रमित थपिएका प्रान्तहरू
४७ प्रान्तमध्ये १० प्रान्त हजार भन्दा बढी थपिए भने तोत्तोरी बाहेक सबै प्रान्तमा १ सयभन्दा बढी संक्रमित भए ।
सबैभन्दा बढी टोकियोमा ८ हजार ८ सय ७५, ओसाकामा ४ हजार ४ सय ९०, खानागावामा ३ हजार ७ सय ४२, साईतामामा ३ हजार ५ सय ७३, आइचीमा ३ हजार २ सय २४, चिबामा २ हजार ३ सय ४०, ह्योगोमा २ हजार ३ सय २५, फुकुओकामा २ हजार ३ सय २१, होक्काईदोमा २ हजार ४८ र सिजुओकामा १ हजार १२, जना संक्रमित थपिए ।
मंगलबार ८७ हजार ३ सय १० जनाको पिसीआर परीक्षण गरिएको थियो ।