
पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा, गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका र राष्ट्रिय खेलकुद परिषदको सहकार्य तथा सुजल डेरी प्रा.लि. (सफल दुध) को मुख्य प्रायोजनमा आयोजना गरिएको १६ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत १० कि.मि. महिला/पुरुष, ५ कि.मि. छात्र/छात्रा, ह्वीलचियर महिला/पुरुष, दृष्टिविहिन महिला/पुरुष दौड हुने भएको छ।
भोलि चैत्र १२ गते शनिबार पोखरा रंगशाला बाट बिहान ठिक ७:०० बजे शुरुहुने १० किमि दौडमा ११३० जना पुरुष धावकहरु र ५१ जना महिला धाविकाहरुले भाग लिनेछन भने ५ किमि दौडमा ५६६ पुरुष र ४२१ जना महिलाहरुले भागलिने छन। त्यसैगरी शोखको लागि दौड( रन फर फन ) मा पनि थुप्रै पोखरेली हरुले भागलिने अपेक्षा गरिएको छ।
कार्यक्रमको समापन तथा पुरस्कार बितरण लेकसाइडको बाराहिघाटमा बिहान ८:०० बाजे हुने र कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिका का मेयर मान बहादुर जिसि रहनुहुने बुझिएको छ।