प्रदेश १ र बागमती प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना

-


     मर्दी न्युज    
     १२ चैत्र २०७८ मा प्रकाशित


प्रदेश १ र बागमती प्रदेशका पहाडी भू-भागमा आज मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो प्रदेश १ र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा र अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र बागमती प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति प्रदेश १ र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा र अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने छ।