
जापान । जापानमा शनिबार ४७ हजार ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ यात्रु सहित हालसम्म कोरोना संक्रमितको संख्या ६३ लाख ४२ हजार ९ सय ७८ जना पुगेको छ ।
त्यस्तै १ सय एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या २७ हजार ७ सय ३१ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ । संक्रमितमध्ये ७ सय सात जनाको अवस्था गम्भीर रहेको छ भने ४ लाख १३ हजार ८ सय ५९ जनाको उपचार भइरहेको छ । त्यसैगरी ५८ लाख ३१ हजार ६ सय १४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
१ हजार बढी संक्रमित थपिएका प्रान्तहरू
४७ प्रान्तमध्ये ११ प्रान्त हजार भन्दा बढी थपिए भने तोत्तोरी बाहेक सबै प्रान्तमा १ सयभन्दा बढी संक्रमित भए । सबैभन्दा बढी टोकियोमा ७ हजार ४ सय ४०, खानागावामा ४ हजार ८ सय ४८, साईतामामा ४ हजार १ सय २९, ओसाकामा ३ हजार ६ सय ४५, चिबामा २ हजार ६ सय ४९, आइचीमा २ हजार ५ सय ९५, फुकुओकामा २ हजार २ सय ७७, ह्योगोमा १ हजार ९ सय ८४, होक्काईदोमा १ हजार ७ सय एक, ईबाराकीमा १ हजार ३ सय ३९ र सिजुओकामा १ हजार ५० जना संक्रमित थपिए ।
बिहीबार ७३ हजार ६ सय नौजनाको पिसीआर परीक्षण गरिएको थियो ।