
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आज आइतबार अन्तिम मतदाता नामावली प्रकाशन गर्दै छ ।
यसअघि एक करोड ७८ लाख मतदाता रहेको अनुमान गरेको आयोगले आज औपचारिकरुपमै मतदाताको सूची सार्वजनिक गर्न लागेको हो ।
नामावलीमा दाबी विरोधका लागि फागुन १९ गतेदेखि एक साताको म्याद दिइएको थियो ।
दाबी विरोधपछि करिब एक लाख मतदाता सूचीबाट हटेको बताइएको छ । अन्तिम नामावली प्रकाशन भइसकेपछि कुनै प्रकारबाट हेरफेर गर्न सकिने छैन ।
अघिल्लो निर्वाचनमा भन्दा करिब दुई लाख मतदाता थपिएको आयोगले जनाएको छ । आयोगले करिब दुई करोड मतपत्र छाप्ने तयारी गरेको छ ।