
जापानमा मंगलबार ४४ हजार ४ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ यात्रु सहित हालसम्म कोरोना संक्रमितको संख्या ६४ लाख ६० हजार ६ सय ३८ जना पुगेको छ ।
त्यस्तै ८१ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या २७ हजार ९ सय ३९ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
संक्रमितमध्ये ६ सय ७३ जनाको अवस्था गम्भीर रहेको छ भने ४ लाख २ हजार ६८ जनाको उपचार भइरहेको छ । त्यसैगरी ५९ लाख ६८ हजार ६ सय २० जना कोरोना संक्रमणमुक्त भएका छन् ।
१ हजार बढी संक्रमित थपिएका प्रान्तहरू
४७ प्रान्तमध्ये नौ प्रान्त हजार भन्दा बढी थपिए भने तोत्तोरी र सिमाने बाहेक सबै प्रान्तमा १ सयभन्दा बढी संक्रमित भए ।
सबैभन्दा बढी टोकियोमा ७ हजार ८ सय ४६, ओसाकामा ४ हजार ३ सय ४०, खानागावामा ३ हजार ३ सय, आइचीमा २ हजार ९ सय २७, साईतामामा २ हजार ६ सय ७३, चिबामा २ हजार ४ सय तीन, फुकुओकामा १ हजार ८ सय ६९, ह्योगोमा १ हजार ९ सय ८८, होक्काईदोमा १ हजार ३ सय ६७ जना संक्रमित थपिए ।