
सेप्टेम्बर १९८८ देखि फेब्रुअरी १९९२ सम्म जनरल स्टाफका प्रमुख रहेका फिल्ड मार्शल तथा संरक्षणकर्मी सर जोन च्यापलको २५ मार्च २०२२ मा ९० वर्षको उमेरमा निधन भएको छ।
जूलजिकल सोसाइटीका प्रेसिडेन्सी, डब्लुडब्लूएफको ट्रस्टी, नेपालमा प्रकृति संरक्षणका लागि युके ट्रस्टका अध्यक्ष लगायत लगभग १ सय जति संस्थाहरूमा सक्रिय भूमिका खेलेका सर जोन एक आजीवन संरक्षणवादी थिए।
उत्सुक पंछी निरीक्षक एबं सैन्य स्मरणशक्तिको एक शौखिन कलेक्टर रहेका उनि गोर्खाहरू प्रतिको प्रशंसा र समर्थनमा कहिल्यै कम गरेनन् र उनले गोर्खा वेलफेयर ट्रस्ट र गोर्खा सङ्ग्रहालय स्थापना गर्न मद्दत गरे र सन् १९८६ देखि १९९४ सम्म दोस्रो केईओ गोर्खा राइफल्सको कर्नेलको रूपमा काम समेत गरेका थिए।
नेपालमा उनको संरक्षण कार्यलाई सन् २००२ मा सरकारले मान्यता दिएको थियो। स्वर्गीय राजा बिरेन्द्रले उहाँलाई ‘द मोस्ट पुइसेन्ट अर्डर अफ गोरखा दक्षिणा बहू’ प्रदान गरेका थिए, जुन राजाद्वारा परम्परागत रूपमा दिइने सर्वोच्च सम्मानहरू मध्ये एक हो। उनले नेशनल आर्मी म्युजियम काउन्सिलमा पनि काम गरे र विन्चेस्टरको गोर्खा संग्रहालयको उप संरक्षक पनि रहेका थिए।
नेपालमा उहॉंले गरेको योगदानको आउने दिनहरुमा अभाव खड्किने संरक्षणकर्मी हरु बताउँछन् ।
आर्मी डट यमओडी डट यूके बाट साभार गरिएको, फोटोः द टाईम्स