पोखरामा ट्रकको ठक्करबाट युवतीको मृत्यु, एक घाइते

-


     मर्दी न्युज    
     चैत्र १६ गते २०७८ मा प्रकाशित


पोखरा । कास्कीको पोखरा महानगरपालिका–८, सभागृहचोकमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एकजनाको मृत्यु भएको छ । एकजना घाइते छन् ।
स्कुटरचालक पोखरा महानगरपालिका–१५ की १८ वर्षीया अन्जना पाइजाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको जनाइएको छ ।

पाइजा सवार ग १४ प ६५९८ नम्बरको स्कुटरलाई ना ६४७२५ नम्बरको ट्रकले ठक्कर दिएको कास्कीका डिएसपी सुन्दर तिवारीले बताए ।

स्कुटरको पछाडि सवार पोखरा १० घलेचोक बस्ने १८ वर्षीय मिना गुरुङ सामान्य घाइते भएकी छन् । उनको ढाडमा चोट लागेको तिवारीले बताए । डिएसपी तिवारीका अनुसार ट्रक र ट्रक चालक बैदाम प्रहरीले नियन्त्रणमा लिएको छ ।