शिक्षा क्षेत्रमा फिस्टेल एकेडेमीले ल्यायो नयाँ आयाम

-


     मर्दी न्युज    
     चैत्र १६ गते २०७८ मा प्रकाशित


पोखरा । सन १९९५ मा स्थापित पोखराकै प्रख्यात फिस्टेल एकेडेमी अहिले आफ्नो अन्तर्राष्ट्रिय स्तरको सुबिधा सम्पन्न भबन, तल्लो बिरौटामा रहेको छ।

शिक्षा, पर्यटन र खेलकुदलाई कसरी जोडेर लान सकिन्छ र संभावनाहरु के के हुन सक्छनरु भन्ने बारेमा पोखरामा कृयाशिल पर्यटन व्यावसायिक संघ संस्थाका अध्यक्षहरु तथा पत्रकारहरु सँगको अन्तर्कृयात्मक भेटघाटमा एकेडेमीका अध्यक्ष चिनु रानाभाट तथा उहाँको टिमले स्कुलको बारेमा जानकारी प्रदान गरेका थिए।

अत्याधुनिक कक्षा कोठाहरु, ल्याब, भान्साकोठा र डाइनिङ हल, सिस्टम सर्भर, खेलमैदान, स्विमिङ्गपुल लगायतका भब्य संरचनाले सुसज्जित स्कुलको सम्पूर्ण निर्माण कार्य २० महिनामा सम्पन्न भएको अध्यक्ष रानाभाटले बताउनुभयो।

हाल ५०० विद्यार्थी रहेको उक्त विद्यालय संरचनाको हिसाबले मात्रै अब्बल नभइ शिक्षाको गुणस्तरको हिसाबले २१औं शताब्दिको डिजिटल युग सुहाउँदो शिक्षामा जोडदिदै सोही अनुसार लागि परेको बुझिएको छ।

पोखरा तथा गण्डकी प्रदेशका कुलीन तथा आर्थिक रूपमा सम्पन्न ब्यक्तिहरुले गुणस्तरीय शिक्षा खोज्दै आफ्ना बाबुनानी हरुलाई काठमाडौं, भारतका विभिन्न शहरहरु तथा बिदेश समेत पठाइरहेको परिप्रेक्ष्यमा फिस्टेल एकेडेमीको यो लगानी र तुलनात्मक रूपमा नौलो प्रयासले शिक्षाका नाममा बिदेशीने रकम नेपालमै रोक्न सफलहुने मा आफू बिश्वस्त रहेको अध्यक्ष रानाभाटले जोड दिएका थिए।