
जापान, चैत १६ । जापानमा पछिल्लो २४ घण्टामा ५३ हजार ७ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ९६ जनाको मृत्यु भएको छ ।
योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ यात्रु सहित हालसम्म कोरोना संक्रमितको संख्या ६५ लाख १४ हजार ३ सय ४३ जना पुगेको छ ।
कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या २८ हजार ३५ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ । संक्रमितमध्ये ६ सय ५५ जनाको अवस्था गम्भीर रहेको छ भने ४ लाख ८ सय ९६ जनाको उपचार भइरहेको छ । त्यसैगरी ६० लाख ८ हजार ९ सय १२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
१ हजार बढी संक्रमित थपिएका प्रान्तहरू
४७ प्रान्तमध्ये १३ प्रान्त हजार भन्दा बढी थपिए भने तोत्तोरी बाहेक सबै प्रान्तमा १ सयभन्दा बढी संक्रमित भए । सबैभन्दा बढी टोकियोमा ९ हजार ५ सय २०, ओसाकामा ४ हजार ५ सय १७, साईतामामा ३ हजार ८ सय चार, खानागावामा ३ हजार ७ सय ९४, आइचीमा ३ हजार २ सय ७७, चिबामा ३ हजार १७, फुकुओकामा २ हजार ४ सय ६८, ह्योगोमा २ हजार १ सय ५६, होक्काईदोमा १ हजार ९ सय ७९, क्योतोमा १ हजार १ सय ६६, सिजुओकामा १ हजार १ सय ३७, हिरोसिमामा १ हजार ९१, र ओकिनावामा १ हजार ५८ जना संक्रमित थपिए ।
सोमबार ६६ हजार ६ सय ६५ जनाको पिसीआर परीक्षण गरिएको थियो ।