
पोखरा । महानगरपालिकाको वडा नं ८ स्थित जनप्रिय बहुमुखी क्याम्पसमा नेपालमा पाइने महत्त्वपूर्ण चराहरुको एक दिने तस्विर प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ।
क्याम्पसको ब्याचलर इन माउन्टेन टुरिजम म्यानेजमेन्ट बिभाग (बियमटीयम) र पोखरा पंछी समाजको संयुक्त आयोजनामा भएको प्रदर्शनीको उद्घाटन कार्यक्रम निमित्त क्याम्पस प्रमुख कृष्णबाबु बरालले गरेका थिए भने समापन कार्यक्रम क्याम्पस संचालक समितिका अध्यक्ष तारा गिरिले गरेका थिए ।
कार्यक्रमको सहजीकरण उप-प्राध्यापकद्वय दीपेन्द्र पहारी र बिष्णु तिमिल्सिना गरेका थिए भने पोखरा पंछी समाजका अध्यक्ष मनशान्त घिमिरेले प्रर्दशनिमा राखिएका तस्बिर को वारेमा संक्षिप्त जानकारी दिएका थिए ।
पंछीका साथसाथै तिनको बासस्थान र समग्रमा जैविक विविधताको संरक्षण बारेमा सचेतना जगाउने, पर्वतीय पर्यटन र पंछी संरक्षण सँगसँगै पंछी पर्यटन संम्बन्धी अन्तरसंम्बन्ध विद्यार्थीहरुलाई बुझाउने हेतुले आयोजना गरिएको उक्त कार्यक्रममा लगभग तिनहजार जनाले अबलोकन गरेको आयोजकले जानकारी दिएका छन् ।
प्रर्दशनिमा १४ जना फोटोग्राफरका ५३ वटा अति संकटापन्न, संकटापन्न, संबेदशिल, वासस्थान, सिमसार एवंम पंछी पर्यटन लगाएतका फोटाहरु राखिएका थिए ।
कार्यक्रममा बन बिज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पस तथा पृथ्वीनारायण क्याम्पस, जुलोजी बिभाग र बियमटीयम का विद्यार्थीहरुले स्वयंसेवकको भुमिका निभाएका थिए ।








फोटाहरुः मनशान्त घिमिरे, हेमन्त ढकाल र बिष्णु तिमिल्सिना