नेपाल भारतबीच चार वटा सम्झौता पत्रमा हस्ताक्षर

-


     मर्दी न्युज    
     चैत्र १९ गते २०७८ मा प्रकाशित


काठमाडौं, १९ चैत । नयाँदिल्लीस्थित हैदराबाद हाउसमा नेपाल र भारतबीच चार वटा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको तीनदिने भारत भ्रमणका क्रममा शनिबार नेपाल र भारतबीच चार वटा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसम्बन्धी प्रविधिक सहयोग, पेट्रोलियम पदार्य आपूर्ति र नेपाल आयल निगम र भारतीय आयल कार्पोरेसनबीच प्रविधि विज्ञता आदानप्रदानसम्बन्धी प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा सम्झौता भएको हो ।

त्यस्तै, प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीले नेपाली रेलको भर्चुअल उद्घाटन गरेको छ । दुवै देशका प्रधानमन्त्रीले हरियो झण्डा देखाएर रेल उद्घाटन गरेको हो ।