
जापानमा पछिल्लो २४ घण्टामा ४७ हजार ३ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३४ जनाको मृत्यु भएको छ ।
योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ यात्रु सहित हालसम्म कोरोना संक्रमितको संख्या ६७ लाख ११ हजार ४ सय १८ जना पुगेको छ ।
कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या २८ हजार ३ सय चारजना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
संक्रमितमध्ये ५ सय १० जनाको अवस्था गम्भीर रहेको छ भने ४ लाख ४४ हजार ३ सय ६५ जनाको उपचार भइरहेको छ । त्यसैगरी ६१ लाख ६५ हजार ४ सय ५१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
१ हजार बढी संक्रमित थपिएका प्रान्तहरू
४७ प्रान्तमध्ये १३ प्रान्त हजार भन्दा बढी थपिए भने तोकुसिमा र तोत्तोरी बाहेक सबै प्रान्तमा १ सयभन्दा बढी संक्रमित भए ।
सबैभन्दा बढी टोकियोमा ७ हजार ८ सय ९९, खानागावामा ४ हजार २ सय २४, ओसाकामा ३ हजार ७ सय ६०, साईतामामा ३ हजार ७ सय दुई, चिबामा ३ हजार ३ सय तीन, आइचीमा २ हजार ८८, फुकुओकामा २ हजार ९३, ह्योगोमा १ हजार ७ सय एक, होक्काईदोमा १ हजार ८ सय ४५, ईबाराकी १ हजार ८४, हिरोसिमामा साथै सिजुओकामा १ हजार ७१, ओकिनावामा १ हजार ६७ जना संक्रमित थपिए ।