बढ्यो गाडी भाडा, कहाँको कति पुग्यो (सूचीसहित)

-


     मर्दी न्युज    
     चैत्र २० गते २०७८ मा प्रकाशित


फाईल फोटो

काठमाडौँ । सरकारले अन्तर प्रदेश चल्ने लामो दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्म बढाएको छ ।

यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्री स्तरीय निर्णय अनुसार यात्रुबहाक सवारीको भाडा १० प्रतिशतले बढाएको हो ।

पहाडमा मालवाहक सवारीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेतको सहमतिका आधारमा आजैदेखि लागू हुने गरी दुई वा दुईभन्दा प्रदेश भई सञ्चालन हुने सार्वजनिक यातायात भाडादर समायोजन गरिएको विभागको सूचनामा उल्लेख छ ।

पछिल्लो पटक भाडा समायोजन गर्दा आधार मानिएको मूल्यको तुलनामा इन्धनको बजार मूल्य पाँच प्रतिशत वा सोभन्दा बढीले बढेमा वा घटेमा विभागले अभ्यास गर्दै आएको वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार स्वचालितरूपमा अन्तरप्रदेश सार्वजनिक यातायातको भाडादर बढ्ने वा घट्ने व्यवस्था लागू गरिएको छ ।

विभागद्वारा जारी सूचनामा छोटो, मधयम र लामो दूरीका अन्तरप्रदेश रुटमा कायम गरिएको सार्वजनिक यातायातका भाडादर, रुटको नाम, दूरी, साविकको भाडादर र लागू गरिएको भाडादरको सूची समावेश गरिएको छ ।

हेर्नुहोस् कुन रुटमा कति पुग्यो भाडा: