पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना

-


     मर्दी न्युज    
     चैत्र २१ गते २०७८ मा प्रकाशित


पोखरा । हाल देशमा भारतको बिहार आसपास रहेको न्यूनचापीय रेखाको सामान्य प्रभाव छ।

बिहान प्रदेश नम्बर-१ मा आंशिकदेखि सामान्य बदली छ । देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

यस्तै राति प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश-१ र गण्डकी प्रदेशको पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।