
जापानमा हालसम्म ६२ लाख ४ हजार १ सय ८१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा ३० हजार १ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४५ जनाको मृत्यु भएको छ ।
योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ यात्रु सहित हालसम्म कोरोना संक्रमितको संख्या ६७ लाख ४१ हजार ५ सय ६१ जना पुगेको छ ।
कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या २८ हजार ३ सय ४९ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
संक्रमितमध्ये ५ सय पाँचजनाको अवस्था गम्भीर रहेको छ भने ४ लाख ५१ हजार २ सय ८९ जनाको उपचार भइरहेको छ ।
१ हजार बढी संक्रमित थपिएका प्रान्तहरू
४७ प्रान्तमध्ये नौ प्रान्त हजार भन्दा बढी थपिए भने ४२ प्रान्तमा १ सयभन्दा बढी संक्रमित भए ।
सबैभन्दा बढी टोकियोमा ४ हजार ३ सय ८४, खानागावामा ३ हजार ५५, साईतामामा २ हजार ८ सय ८३, चिबामा २ हजार ४२, होक्काईदोमा १ हजार ५ सय ७७, फुकुओकामा १ हजार ५ सय ६१, ईबाराकी १ हजार ४ सय २४, ओसाकामा १ हजार २ सय ४१, आइचीमा १ हजार ७४ जना संक्रमित थपिए ।