राष्ट्रपति भण्डारीद्वारा पाँच अध्यादेश जारी

-


     मर्दी न्युज    
     २२ चैत्र २०७८ मा प्रकाशित


काठमाडौँ । सरकारले एसिड सम्बन्धीसहितका विभिन्न पाँच वटा अध्यादेश ल्याएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलवार पाँच वटा अध्यादेश जारी गरेकी हुन् ।

यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश र नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।