फेरी बढ्यो इन्धनको मूल्य , पेट्रोलको मूल्य प्रति लिटर १६० रुपैयाँ

-


     मर्दी न्युज    
     चैत्र २३ गते २०७८ मा प्रकाशित


काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रति लिटर ५ रुपैयाँले बढाएको हो ।

योसँगै अब पेट्रोलको मूल्य प्रति लिटर १६० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रति लिटर १४३ रुपैयाँ पुगेको छ ।

यस्तै, खाना पकाउने ग्यासको मूल्य समेत प्रति सिलिन्डर २५ रुपैयाँ बढाइएको छ । यसअघि १५ सय ७५ रुपैयाँ रहेको ग्यासको मूल्य अब १६ सय रुपैयाँ पुगेको छ ।

निगमले ठुलो घाटा बेहोर्नु परेको भन्दै स्वचालित मूल्य प्रणाली बनाउने तयारी पनि गरेको छ ।

मंगलबार अर्थ मन्त्रालयमा भएको छलफलमा स्वचालित मूल्य बनाउने विषयमा छलफल भएको हो ।

स्वचालित मूल्य प्रणाली लागू भए अन्तर्राष्ट्रिय बजार अनुसार मूल्य स्वतः थपघट हुने छ ।