कानुन मन्त्रीमा शर्मा नियुक्त

-


     मर्दी न्युज    
     २४ चैत्र २०७८ मा प्रकाशित


काठमाडौँ । अधिवक्ता गोविन्द बन्दी (गोविन्दप्रसाद शर्मा कोइराला) कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त भएका छन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी हुन् ।

उनले बिहीबार दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ लिने राष्ट्रपति कार्यालयले जनाएको छ ।

संविधानको धारा ७८ अनुसार प्रधानमन्त्रीको सिफारिसमा गैर सांसदलाई राष्ट्रपतिले मन्त्री नियुक्त गर्न सक्ने छन् । तर यसरी नियुक्त भएका मन्त्रीले शपथ लिएको ६ महिनाभित्र संघीय संसद्को सदस्यता लिनुपर्छ । अन्यथा मन्त्री पद स्वतः खारेज हुन्छ ।