दुईदिने प्रबर्द्धनात्मक कार्यक्रमको भब्य समापन

-


     मर्दी न्युज    
     चैत्र २६ गते २०७८ मा प्रकाशित


पोखरेली पर्यटनकर्मीहरु को दुईदिने प्रबर्द्धनात्मक कार्यक्रमको घान्द्रुकमा आज एक कार्यक्रम गरि भब्य रुपमा समापन भएको छ।

नेपाल पर्यटन बोर्डको प्रबर्द्धन, राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गतको अन्नपूर्ण संरक्षण आयोजना(एक्याप) साथै ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघको आर्थिक सहकार्यमा अखिल नेपाल पर्यटन मजदुर संघ,गण्डकी प्रदेश/कास्की जिल्ला/पोखरा महानगर कमिटी द्वारा संयुक्तरूपमा आयोजना गरेका थिए।

बिरेठाँटी-दाङ्गसिङ मोहरिया-थमडाँडा-घान्द्रुक पदमार्गको प्रबर्द्धन गर्ने उदेश्य साथ हिजो निस्केको २० जनाको टोलि आज बिहान मोहरिया बाट पदयात्रा गरि घान्द्रुक पुगेको थियो।

पोखराका विभिन्न ट्रेकिङ कम्पनीमा रहेर कामगर्ने गाइडहरु, पर्यटन ब्यबसायिहरु, संचारकर्मिहरु सम्मीलित टिमलाई घान्द्रुकको आमा टोलिले भब्य स्वागत गरेको थिए।

प्रबर्द्धनात्मक कार्यक्रमका साथसाथै क्षमता अभिबृद्दी र अन्तर्कृयात्मक छलफल समेत गरिएको थियो। मोहरियामा भएको छलफलमा स्थानीयहरुले ऎतिहासिक महत्त्व बोकेको दाङ्गसिङ मोहरियामा प्रशस्त संभावना भएपनि ओझेलमा परेको बताए।

घान्द्रुकका स्थानीयले भने पर्यटक आगमन र संख्यामा खुशी भएपनि ढुंगेनि गाउँको पहिंचान बनाएको घान्द्रुकले आधुनिकता संगै पहिचान गुम्छकी भन्ने चिन्ता व्यक्त गरे।

घान्द्रुकमा आज सम्पन्न समापन तथा अन्तर्कृया कार्यक्रममा खराब मौसम र चैतेदशैं पर्बका बाबजुद स्थानीय महिला पर्यटन ब्यबसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो।

औपचारिक कार्यक्रममा बोल्ने बक्ताहरुमा नेपाल पर्वतारोहण संघ, गण्डकी प्रदेशका अध्यक्ष शेषकान्त शर्मा, ट्रेड युनियन तथा श्रम ऎन बिज्ञ अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रिय सदस्य/ गण्डकी प्रदेश कोषाध्यक्ष टंकराज पौडेल, स्थानीय समाजसेवी प्रेम बहादुर गुरुङ थिए।

अखिल नेपाल पर्यटन मजदुर संघ, गण्डकी प्रदेशका अध्यक्ष बिष्णु प्रसाद देवकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन प्रदेश सचीव लिलाधर आचार्य र स्वागत मन्तव्य केन्द्रिय उपाध्यक्ष प्रकाश ढुंगानाले राखेका थिए।