गभर्नर निलम्बन कटुवाल प्रकरणपछिको गम्भीर भुल : महासचिव पोखरेल

-


     मर्दी न्युज    
     चैत्र २६ गते २०७८ मा प्रकाशित


काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको विषयलाई पूर्व प्रधानसेनापति रुक्माङगत कटुवाल प्रकरणसँग जोडेका छन् ।

तत्कालीन प्रधानसेनापति कटुवाललाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले निलम्बन गर्न खोजेपछि सरकारबाट बाहिरिनुपरेको घटनालाई स्मरण गराउँदै महासचिव पोखरेलले यस्तो टिप्पणी गरेका हुन् ।

‘कटुवाल प्रकरणपछि माओवादीको अर्को गम्भीर भुल हो यो गभर्नरको निलम्बन,’ पोखरेलका छोटो प्रतिक्रिया छ, ‘आर्थिक सङ्कटको कारक अर्थमन्त्री र मूकदर्शक बनेका प्रम आफैँ हुन् ।’

गभर्नर अधिकारीलाई गत बिहीबारको मन्त्रिपरिषद् बैठकले नै निलम्बन गरे पनि सरकारले शनिबार मात्रै सार्वजनिक गरेको हो ।