
काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री इमरान खान प्रधानमन्त्री पदवाट पदमुक्त भएको छ । संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि खान पदमुक्त भएको हो ।
गएको राति संसदमा भएको भोटिङमा अविश्वासको प्रस्ताव १७४ मतले पारित भएपछि इमरान खानको प्रधानमन्त्रीको पद गुमेको हो ।
विपक्षी दलहरूले उच्च महँगी र सुशासनलाई प्रमुख मुद्दा बनाउँदै सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याएका थिए ।
अल्पमतमा परेपछि खानले गरेको संसद् विघटनलाई अदालतले पुनस्थापना गरिदिएसँगै गए राति संसदमा अविश्वास प्रस्तावको पक्ष र विपक्षमा भोटिङ भएको थियो ।