जापानमा ४९ हजार कोरोना संक्रमित थपिए, ३९ जनाको मृत्यु

-


     सन थापा    
     चैत्र २७ गते २०७८ मा प्रकाशित


जापान, २७ चैत । जापानमा पछिल्लो २४ घण्टामा ४९ हजार १ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३९ जनाको मृत्यु भएको छ ।

हालसम्म कोरोना संक्रमितको संख्या ७० लाख ५० हजार ९ सय ९७ जना पुगेको छ । त्यस्तै कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या २८ हजार ७ सय पाँच जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ । हालसम्म ६४ लाख ६८ हजार ७ सय ५९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
संक्रमित मध्ये ४ सय ८४ जनाको अवस्था गम्भीर रहेको छ भने ४ लाख ७७ हजार ५५ जनाको उपचार भइरहेको छ ।

१ हजार बढी संक्रमित थपिएका प्रान्तहरू
४७ प्रान्तमध्ये १२ प्रान्त हजार भन्दा बढी थपिए भने तोत्तोरी बाहेक अन्य प्रान्तमा १ सयभन्दा बढी संक्रमित भए । सबैभन्दा बढी टोकियोमा ८ हजार २६, ओसाकामा ३ हजार ६ सय ५२, खानागावामा ४ हजार ९८, साईतामामा ३ हजार ५ सय ६०, आइचीमा २ हजार २ सय ५४, चिबामा २ हजार ६ सय ६८, फुकुओकामा २ हजार ३ सय ७६, होक्काईदोमा २ हजार १ सय ४५, ह्योगोमा २ हजार १०, ईबाराकीमा १ हजार ४ सय ५४, ओकिनावामा १ हजार १ सय ५३ र हिरोसीमामा १ हजार ८० जना संक्रमित थपिए ।