जापानद्वारा रूसमाथि थप प्रतिबन्ध, पुटिनका छोरीहरूको सम्पत्ति रोक्का

-


     मर्दी न्युज    
     चैत्र २९ गते २०७८ मा प्रकाशित


जापान, २९ चैत । जापान सरकारले रूसमाथि थप प्रतिबन्ध लगाउने घोषणा गरेको छ । त्यसैगरी रूसका राष्ट्रपति भ्लादिमिर पुटिनका दुई छोरीहरूको सम्पत्ति गरिएको छ ।

यूक्रेनमा जारी रूसी आक्रमणको क्रममा किभको उपनगर र अन्य ठाउँमा सर्वसाधारणको सामूहिक हत्याको विरूद्ध जापानले यो प्रतिक्रिया चालेको हो । मन्त्रिपरिषदले प्रतिबन्धलाई अनुमोदन गरी रूसी सेनाहरूको कार्य युद्ध अपराध हो र यो अक्षम्य छ, सञ्चार संस्था एनएचकेको समाचारमा उल्लेख छ ।

सम्पत्ति रोक्का गर्नेहरूको सूचिमा पुटिनका दुई छोरीहरू सहित राष्ट्रिय सांसदहरू र सेनासॅंग सम्बन्धित मानिसहरू गरी ४ सय जना रहेका छन् । रूसको सबैभन्दा ठूलो वित्तिय संस्थाहरू यसबर बैंक र अल्फा बैंक, २६ सैन्यसम्बन्धि संस्थाहरू र सरकारी स्वामित्वमा रहेका फर्महरूको सम्पत्ति रोक्का गरिने जनाईएको छ । साथै रूसमा नयाँ लगानीहरू प्रतिबन्ध गरिनेछ र मेशनरी, केही प्रकारका काठ, भोड्का र अन्य वस्तुहरूको आयातमा प्रतिबन्ध लगाईनेछ ।

मुख्य क्याबिनेट सचिव माचुनो हिरोकाजुले जतिसक्दो चाडो युद्धविराम गर्न र रूसलाई युक्रेनमाथिको आक्रमण अन्त्य गर्न बाध्य पार्न अन्तर्राष्ट्रिय समुदायको सहयोगमा रूसमाथि कडा प्रतिबन्ध लगाउन आवश्यक रहेको बताए । यसअघि जापानले सैन्य सामाग्रीमा र बिलासिता वस्तुहरूको निर्यातमा प्रतिबन्ध लगाइ सकेको छ ।