एमाले र राप्रपा नेपालबीच गठबन्धन, राप्रपाले निर्वाचनमा सूर्य चिह्नबाट प्रतिस्पर्धा गर्ने

-


     मर्दी न्युज    
     चैत्र ३० गते २०७८ मा प्रकाशित


काठमाडौँ । नेकपा एमाले र राप्रपा नेपालबीच चुनावी गठबन्धन हुने भएको छ ।

एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले ५ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् ।

सहमति अनुसार देशभर सम्भव भएको ठाउँमा एमाले र राप्रपा नेपालबीच तालमेल हुनेछ र राप्रपा नेपालका उम्मेदवारले पनि सूर्य चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन् ।