दूतावासको रात्रीभोजको तस्बिर पनि राख्नुस् : भीम रावल

-


     मर्दी न्युज    
     चैत्र ३० गते २०७८ मा प्रकाशित


काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले नेकपा माओवादी केन्द्रको चुनावी पोस्टरमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर प्रयोग गरेकोमा व्यङ्ग्य गरेका छन् ।

रावलले बुधबार सामाजिक सञ्जालमा व्यङ्ग्य गर्दै चुनावी पोस्टरमा एमसीसीको पक्षमा अमेरिका पठाएको गोप्य पत्र र भारतीय दूतावासको रात्रीभोजको तस्बिर पनि भनेका छन् ।

‘पुष्पकमल दाहाल जी, चुनावी पोस्टरमा कुलमान घिसिङको तस्बिर मात्र किन तपाईँले महान् काम गरियो भन्ने गरेको एमसीसी सम्झौता अनुमोदन गर्छौ भनी प्रम देउवासँगै सही गरी अमेरिका पठाएको गोप्य पत्र र भारतीय दूतावासको रात्रीभोजको तस्बिर पनि राख्नुहोस् । खुसी पार्ने सुनौलो अवसर छ ! कि कसो ?’ – उनले लेखेका छन् ।

कुलमानको फोटो प्रयोग भएकोमा सर्वत्र आलोचना भएपछि प्रचण्डले आफ्नो सामाजिक सञ्जालमा राखेको प्रचार सामग्री हटाएका छन् । यता प्रचण्डसहितका नेता मंगलबार राति भारतीय राजदूत विनयमोहन क्वात्राको बिदाइको रात्रीभोजमा सहभागी हुन लैनचौरस्थित राजदूतावास पुगेका थिए । जसको सर्वत्र विरोध भइरहेको छ ।