
पोखरा । पोखरा महानगरपालिका वडा नं १६ केवरे (अर्मला) वासी १८ घरधुरी एक घर एक धारा खानेपानी परियोजनाबाट लाभान्वित भएका छन् ।
कर्मफ्लाईटस् फाउन्डेशन नेपाल पोखरा कास्कीले जर्मनस्थित टुएड अर्गनाइजेशन तथा पोखरा महानगरपालिका समेतको आर्थिक साझेदारी तथा स्थानीय केवरे खानेपानी तथा सरसफाइ योजनाका उपभोक्ताको जनश्रमदानमा उतm खानेपानी परियोजना सम्पन्न गरि आज एक औपचारिक कार्यक्रमबीच उपभोक्ताहरुलाई हस्तान्तरण गरिएको हो ।

परियोजना हस्तान्तरण गदै कार्यक्रमका प्रमुख अतिथि पोमनपा वडा नं १६ का वडाअध्यक्ष जीवन आचार्यले वडा कार्यालय मार्फत् आफ्नो पहलमा परियोजनाको लागि महानगरबाट रु ५ लाख विनियोजन गरेको र त्यसमा दातृ निकायको सहकार्यमा कर्मफ्लाईटस् फाउण्डेशन नेपाल पोखराले थप १३ लाख र केवरे बासिन्दाको रु ७ लाख ८० हजार बरावरको जनश्रमदानबाट करिव २५ लाख ८० हजार बराबरको सुन्दर परियोजना सम्पन्न हुन सकेकोमा सरोकारवाला सम्पूर्णमा बधाई ज्ञापन गदै आफ्नो कार्यकालमा वडा भरिमा ५४० वटा योजना सम्पन्न गरेको बताए ।
परियोजना डिजाइन र पर्फेक्ट इन्जिनियरिङका प्रमुख कालिदास सापकोटाले केवरेबासी सफा पानी पिउने सपनामा आफूपनि जोडिन पाएकोमा हर्षित हुँदै परियोजना पाउनु मात्र ठूलो कुरा नभई प्राप्त परियोजनालाई दिगो रुपमा सञ्चालन गर्न मर्मत संभार कोषको व्यवस्था, सामुदायिक प्राविधिक तथा ग्रामिण मर्मत कार्यकर्ता हुनुपर्ने कुरामा जोड दिए । दातृ निकायको तर्फबाट बोल्दै कर्मफ्लाईटस् फाउण्डेशनका कार्यक्रम निर्देशक प्रेमबहादुर कुँवरले सम्पूर्ण कागजी प्रक्रिया पूरा गरि गत पुस २८ गते परियोजना सम्झौता भई काम चालिएकोमा निर्धारित समय ३ महिना भित्रै सम्पूर्ण काम सम्पन्न गरि उपभोतmालाई हस्तान्तरण गर्न पाउँदा आनन्दानुभूति भएको उल्लेख गरे । श्री हरिसिद्धी आ.वि ढिकीँडाडाबाट सेवा सहकार्य शुरु गरेको संस्थाले विद्यालयको सेवा क्षेत्र समेत रहेको केवरे बासिन्दालाई खानेपानी दिगो रुपमा सञ्चालन गर्न भविष्यमा मर्मत संभार कोष निर्माणमा सहयोग गर्ने जनाउँदै पानीको मूल भन्दा माथि भई घरमा धारा आउने सम्भावना नभएका घरधुरीलाई समेत परियोजनामा जोड्न लिफ्टिङ प्रविधि प्रयोग गरिएको जानकारी दिए ।

सानो परियोजना भएपनि ग्राभिटी फ्लो र लिफ्टिङ सिष्टम दुवै प्रयोग गरिएको योजनामा २ वटा इन्टेक (मूल) जम्मा १६ घनमिटर क्षमताका ३ वटा आरविटी पानी संकलन टंकी, एक पम्प हाउस र २१ वटा धारा सहितको संरचनाबाट ११६ जनता भएको १८ घरधुरी लाभान्वित भैरहँदा सबै धाराबाट २४ सै घण्टा सफा पानी वितरण हुने गरि योजना डिजाइन गरिएको परियोजनाका सामुदायिक प्राविधिक गोपीलाल तिमिल्सिनाले बताए ।

२२ वर्ष अघि रेडक्रस सोसाइटीबाट निर्मित खानेपानी संरचना हाल जीर्ण भएको र मूल व्यवस्थित नहुँदा खोलाको पानी खान बाध्य केवरे बासी अब प्रत्यक्ष लाभान्वित भएको र पानी बोक्न, भर्न पालो कुर्नु पर्ने समयको बचत भै प्रशस्त पानीको उपयोग गरि करेसावारि खेतीबाट आय आर्जनको काममा लगाइने उपभोक्ता तुलसी आचार्यले दङ्ग पर्दै बताए ।
कार्यक्रममा बौल्दै पोमनमा १६ का वडा सदस्य राजेश गुरुङले केवरे गाँउलाई समग्र वडाको विकासको मूल प्रवाहमा जोड्न सडक सञ्जालले जोडिएको जनाउँदैँ भोलिका दिनमा पनि हालका जनप्रतिनिधीहरुले बनाएकोे राजमार्गरुपी विकाशको मोडेल आगामी निर्वाचनबाट आउने जनप्रतिनिधी पनि हिड्ने विश्वास लिए । उपभोतmा चन्द्रकान्त तिमिल्सनाको स्वागत मन्तव्य रहेको कार्यक्रम उपभोतmा समितिका अध्यक्ष नगेन्द्रप्रसाद आचार्यको सभापतित्वमा सञ्चालन भएको थियो भने समितिका सल्लाहकार संयोजक बासुदेव तिमिल्सिनाले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा उपस्थित पाहुना स्वंयमसेवकहरुलाई मायाको चिनो स्वरुप समग्र गाउँको पहिचान दृष्य अंकित फोटो प्रदान गरिएको थियो ।
फोटोहरू: Pierre Asnard , Tristan and Elina , KarmaFlights