आयोगले कुलमानसँग माग्यो स्पष्टीकरण

-


     मर्दी न्युज    
     वैशाख १ गते २०७९ मा प्रकाशित


काठमाडौँ । निर्वाचन आयोगले नेपाल विद्यतु प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै आयोगले उनीसँग स्पष्टीकरण सोधेको हो । नेकपा माओवादी केन्द्रले घिसिङको फोटो राखेर निर्वाचन प्रचार सामग्री बनाएको थियो ।

आयोगले माओवादी केन्द्रको प्रचार सामग्रीमा फोटो सहमतिमै राखिएको हो कि होइन भनी प्रश्न गरेको छ ।

पोष्टरमा फोटो राखिएको विषयमा सहमति होइन भने अहिलेसम्म सार्वजनिक रुपमा किन आपत्ति नजनाएको भनी आयोगले प्रश्न गरेको छ ।