
पोखरा । नेकपा एमालेले शुक्लागण्डकी नगरपालिकामा आन्तरिक मतदानबाट मेयर र उपमेयरको उम्मेदवार छनेको छ ।
आवश्यक भन्दा बढी आकाङ्क्षीको सङ्ख्या धेरै भएपछि विहीबार आन्तरिक मतदानबाट मेयर र उपमेयरमा तीन/तीन जनाको नाम सिफारिस गरेको हो । मेयरमा हालकी उपमेयर सविता रसाइली, मुक्तिनाथ तिमिल्सिना र श्यामराज महतको नाम सिफारिस गरेको छ । रसाइली केन्द्रीय सदस्य हुन भने तिमिल्सिना शुक्ला गण्डकी नगर कमिटी अध्यक्ष र महत गण्डकी प्रदेश कमिटी सदस्य तथा साविक ढोरफिर्दी गाबिसका पुर्व अध्यक्ष हुन ।
तीनजना मध्ये एक जना महिला अनिवार्य उम्मेदवार भएका कारण रसाइली सर्वसम्मत सिफारिस भएकी हुन । मेयरका आकांक्षीद्वय रामचन्द्र उपाध्याय र देवलाल खनाल रिङबाट बाहिरिएका छन ।
यस्तै उपमेयरमा हर्कबहादुर गुरुङ, फुलमाया वाग्ले र विष्णुमाया पराजुली अधिकारी सिफारिस भएका छन । उपमेयरका अर्का आकांक्षी कमल ढकाल बाहिरिएका छन ।

गुरुङ प्रदेश कमिटीका हुन भने वाग्ले र पराजुली जिल्ला कमिटी सदस्य हुन । उम्मेदवारको लागि नगर कमिटीले मतदान गरेका थिए ।