जापानमा ४७ हजार बढी कोरोना संक्रमित थपिए, ४८ जनाको मृत्यु

-


     सन थापा    
     वैशाख ३ गते २०७९ मा प्रकाशित


जापान, वैशाख ३ । जापानमा पछिल्लो २४ घण्टामा ७७ हजार ५ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४८ जनाको मृत्यु भएको छ ।

हालसम्म कोरोना संक्रमितको संख्या ७३ लाख ४४ हजार २ सय सात जना पुगेको छ । त्यस्तै कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या २९ हजार १५ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ । हालसम्म ६७ लाख ३८ हजार ८ सय ३१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

संक्रमित मध्ये २ सय २२ जनाको अवस्था गम्भीर रहेको छ भने ४ लाख ९७ हजार २ सय नौजनाको उपचार भइरहेको छ ।

१ हजार बढी संक्रमित थपिएका प्रान्तहरू
४७ प्रान्तमध्ये १२ प्रान्त हजार भन्दा बढी थपिए भने तोकुसीमा बाहेक प्रान्तमा १ सयभन्दा बढी संक्रमित भए । सबैभन्दा बढी टोकियोमा ६ हजार ७ सय ९७, खानागावामा ४ हजार ४८, ओसाकामा ३ हजार ६ सय ४४, साईतामामा २ हजार ७ सय ६६, आइचीमा २ हजार ४ सय ७४, होक्काईदोमा २ हजार ४ सय ५७, फुकुओकामा २ हजार ३ सय ८३, चिबामा २ हजार १ सय ३०, ह्योगोमा २ हजार ४०, ओकिनावामा १ हजार ४ सय ३९, हिरोसीमामा १ हजार १ सय ५२ र ईबाराकीमा १ हजार ३० जना संक्रमित थपिए ।

विहीबार ७० हजार ७ सय ८५ जनाको पिसीआर परीक्षण गरिएको थियो ।