
पोखरा । पोखरा महानगरपालिका प्रमुखको उम्मेदवारका लागि नेकपा एकीकृत समाजवादीले १४ जनाको नाम सिफारिस गरेको छ ।
आइतबार बसेको एकीकृत समाजवादीको जिल्ला कमिटीको बैठकले मेयरको उम्मेदवारका लागि १४ र उपप्रमुखको उम्मेदवारका लागि ४ जनाको नाम सिफारिस गरेको एकीकृत समाजवादी स्रोतले जानकारी दिएको छ ।
एकीकृत समाजवादीबाट जिल्ला अध्यक्षसमेत रहेका धनराज आचार्य, श्रीनाथ बराल, प्रेमबहादुर थापा, दामोदर शर्मा, देवेन्द्र बास्तोला, दाताराम आचार्य, मदनकाजी श्रेष्ठ, विजय बाबु वनबासी, भीमा पौडेल, दुर्गाप्रसाद सुवेदी, नवराज अधिकारी, दिलु पन्त, नारायण बास्तोला र चित्रप्रसाद आचार्य मेयरको उम्मेदवारका लागि सिफारिस भएको छ ।
धेरैले नाम टिपाएपनि पार्टीले पोखरामा प्रमुख पायो भने पनि टिकट पाउनेमा श्रीनाथ बराल र धनराज आचार्यको अत्याधिक सम्भावना रहेको एकीकृत समाजवादी स्रोतले बताए ।
त्यस्तै, महाननगरको उपप्रमुखको उम्मेदवारका लागि ४ जनाले नाम दिएका छन् । जसमा जिल्ला सचिव होम नेपाली, पूर्ण लामा, संगीता शर्मा र महेन्द्र गुरुङ रहेका छन् । ‘पोखराको मेयरमा हामीले पाउने चर्चा छ ।
एसले पोखरा महानगरपालिका र तीन उपमहानगरपालिको प्रमुख आफ्नो दलले पाउनुपर्ने बताएको छ ।
महानगरपालिकाको नेतृत्व नदिने भए चुनावी तालमेलबारे थप छलफल गर्न नसकिने एकीकृत समाजवादीका नेताहरूले बताएका छन् ।
आइतबारै भएको सत्तारुढ गठबन्धनको तयारी र अनुगमन संयन्त्रको बैठकमा महासचिव बेदुराम भुसाल र विजय पौडेलले पोखरा महानगरको नेतृत्व पाउनुपर्ने दाबी गरे ।
इटहरी, हेटौँडा र बुटवल वा तुलसीपुरमध्ये एक उपमहानगरपालिकाको नेतृत्व र घोराही, जनकपुर र नेपालगन्जको उपमेयरको उम्मेदवारहरू आफूहरूलाई चाहिने एकीकृत समाजवादीको दाबी छ ।

