भक्तपुरमा बिस्केट जात्राको रथले चेपिएर एक जनाको मृत्यु

-


     मर्दी न्युज    
     ५ बैशाख २०७९ मा प्रकाशित


भादगाउँ, ५ वैशाख । भक्तपुरको बिस्काः जात्रामा भैलः खः (भैरवनाथको रथ) ले किचेर एक वृद्धको मृत्यु भएको छ । जात्राको अन्तिम दिन आज रथ तान्ने क्रममा नासमना चोकमा जात्रा हेर्न बसेका सूर्यविनायक नगरपालिका–५ का ७१ वर्षका दुर्गामान कस्पाललाई रथले किचेर मृत्यु भएको हो ।

रथले किचेर घाइते भएका कसपाललाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो । उपचारका क्रममा चिकित्सकले कसपाललाई मृत घोषणा गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताए ।

जात्रामा अप्रिय घटना भए पनि रथ तान्ने क्रम भने रोकिएको छैन । बिस्काः जात्राको अन्तिम दिन आज गःहिटीमा रहेको भैरवनाथको रथलाई तानातान गरी माथिल्लो र तल्लो टोलमा लैजाने परम्परा रहेको छ । दुवै टोलको परिक्रमापछि टौमढीमा रथ पु¥याएपछि जात्रा सम्पन्न हुन्छ ।