
जापान, ६ वैशाख । जापानमा पछिल्लो २४ घण्टामा ४० हजार ८ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५२ जनाको मृत्यु भएको छ ।
हालसम्म कोरोना संक्रमितको संख्या ७४ लाख ४८ हजार ६ सय तीनजना पुगेको छ । त्यस्तै कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या २९ हजार १ सय २१ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ । हालसम्म ६८ लाख ७५ हजार ६ सय ७४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
संक्रमित मध्ये २ सय १३ जनाको अवस्था गम्भीर रहेको छ भने ४ लाख ७३ हजार ६ सय ७२ जनाको उपचार भइरहेको छ ।
१ हजार बढी संक्रमित थपिएका प्रान्तहरू
४७ प्रान्तमध्ये १० प्रान्त हजार भन्दा बढी थपिए भने तोकुसीमा बाहेक प्रान्तमा १ सयभन्दा बढी संक्रमित भए । सबैभन्दा बढी टोकियोमा ५ हजार ५ सय ८३, ओसाकामा ३ हजार ८ सय १९, खानागावामा २ हजार ७ सय ६६, आइचीमा २ हजार ४ सय ४०, फुकुओकामा २ हजार ९८, होक्काईदोमा २ हजार ६७, साईतामामा १ हजार ८ सय १६,, चिबामा १ हजार ७ सय २३, ह्योगोमा १ हजार ६ सय नौ, ओकिनावामा १ हजार ५ सय ४७ जना संक्रमित थपिए ।