चारवटा प्रदेशमा मेघगर्जन र चट्याङ्सहित क्षणिक वर्षाको सम्भावना

-


     मर्दी न्युज    
     वैशाख ७ गते २०७९ मा प्रकाशित


पोखरा । देशका केही भागमा आज पनि पानी पर्ने सम्भावना रहेको छ । प्रदेश–१, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ ।

यस्तै आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।

प्रदेश–१, मधेस प्रदेश, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।