
काठमाडौं । मंगलबार राति अबेरसम्म बसेको बैठकमा पनि सहमति जुट्न नसकेपछि सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ ।
आजको बैठकले महानगर र उपमहानगरको भागबन्डालाई अन्तिम रूप दिने बताइएको छ । बैठक ११ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्दै छ ।
मंगलबार अबेरसम्म बसेको बैठकले महानगर र उपमहानगर बाँडफाँटको विषयमा सैद्धान्तिक सहमति भएको भनिएको छ ।
६ महानगरमध्ये तीन वटा काँग्रेसले राख्ने र माओवादी, नेकपा एस र जसपालाई एक–एक वटा दिने सहमति भएको बताइएको छ । त्यस्तै ११ मध्ये ७ वटा उपमहानगर काँग्रेसले राखेर बाँकी चार वटा बाँड्ने सहमति भएको छ ।
आजको बैठकले कुन महानगर र उपमहानगरको उम्मेदवार कुन दलले पाउने भन्ने टुङ्गो लाग्ने बताएको छ ।