
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको चुनावी घोषणा–पत्र सार्वजनिक गरेको छ । ४८ पेजको घोषणा पत्रमा एमालेले आफू नेतृत्व रहँदा गरेका कार्यक्रम र आगामी दिनमा पार्टीले गर्ने कामका बारेमा उल्लेख गरेको छ।
एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज एक विशेष कार्यक्रममा बीच घोषणा पत्र सार्वजनकि गरेको हो ।
एमालेले यसपाली ‘सुखी ज्येष्ठ नागरिक, खुसी बालबालिका’ देखि ‘जनप्रतिनिधि शासक होइन जनताका सेवक’ हुनेछन् जस्ता नाराहरू अघि सारेको छ ।
एमालेले केन्द्रीय घोषणापत्रसँगै ७५३ वटै पालिकाको प्रतिबद्धता पत्र पनि सार्वजनिक गरेको छ । उसले आफ्ना संकल्पहरुमा भनिएको छ, ‘हाम्रा जनप्रतिनिधिहरु शासक होइन, जनताका सेवक हुन्। हाम्रा जनप्रतिनिधिहरु सामाजिक जागरण र विकासका अभियन्ता हुनेछन्। हाम्रो नेतृत्वमा रहेका पालिकाहरु सुशालनमा नमूना बन्नेछन्। हाम्रा जनप्रतिनिधिहरुले सदाचारमा दृष्टान्त स्थापित गर्नेछन्। हाम्रा जनप्रतिनिधिहरुले भ्रष्टाचारी, व्यभिचारी, अनियमितता र सार्वजनिक सम्पत्तिको दोहन गर्नेहरुको कानुनी कारबाहीको दायरामा पुर्याउन अग्रणी भूमिका खेल्नेछन्।
सबै पालिकाले आ–आफ्नो क्षेत्रमा पनि स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो ।
घोषणापत्रको पूर्णपाठः