जापानको होक्काईदोमा डुङ्गा दुर्घटनामा १० जनाको मृत्यु

-


     सन थापा    
     वैशाख ११ गते २०७९ मा प्रकाशित


जापान, ११ वैशाख । जापानको उत्तरी प्रान्त होक्काईदोस्थित समुन्द्र तटमा यात्रुबाहक डुङ्गा दुर्घटनामा परी १० जनाको मृत्यु भएको पुष्टि भएको छ ।

काजु वन नामक उक्त डुङ्गा सिरेटोको प्रायद्वीपमा यात्रा गर्ने क्रममा शनिबार वेपत्ता भएको थियो । डुङ्गामा दुईबालबालिका सहित २६ यात्रु र चालक दलका सदस्य सवार थिए ।

डुङगाले सम्पर्क गुमाउनु अघि पानी पसेको र डुब्न लागेको सूचना दिएको थियो । जापानको कोस्ट गार्ड र सेल्फ डिफेन्स फोर्सका कर्मचारीहरूले खोजी गर्ने क्रममा आईतबार केप सिरेटोकोको किनारा वरपरको पानी र चट्टानमा १० जनालाई फेला पारेको थियो । उनीहरूको उपचारको क्रममा मृत्यु भएको थियो । मृत्यु हुनेमा सात पुरूष र तीन महिला छन् ।

कोस्ट गार्डका अधिकारीहरूले उनीहरूको पहिचान गर्ने प्रयास गरिरहेका छन् भने अन्यको खोजी कार्य जारी राखेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।